संसदीय अभ्यासमा सुधारको आवश्यकता छ: उपसभामुख राना
सारांश
- उपसभामुख इन्दिरा राना मगरले संसदीय अभ्यासमा सुधारको आवश्यकता औंल्याइन्, जसले संसदको प्रभावकारिता बढाउँछ।
- संसद् दिवसको अवसरमा, उनले संसद्लाई जनउत्तरदायी बनाउनुपर्ने र संसदीय सर्वोच्चताका लागि लाग्नुपर्ने बताइन्।
- उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनताको अपेक्षा पूरा गर्न आह्वान गरिन्।
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्त्वपूर्ण बन्दै गएको बताएकी छन् ।
संसद् दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेकी छन्, “संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरू दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ ।”
शुभकामना सन्देशमा भनिएको छ, “संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरू, संविधानसभा सदस्यहरू, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”
विसं २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिन्छ । उपसभामुख रानाले दिवसको अवसरमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबै खाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा होमिएका सबै जनताको अपेक्षा सबैले नीति र व्यवहारबाट पूरा गर्न अग्रसर हुन आह्वान पनि गरेकी छन् ।
उनले भनेकी छन्, “प्रजातान्त्रिक व्यवस्थाको मूल आधार विधायिका हो, जसको प्रतिनिधित्व संसद्ले गर्छ, संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था चलायमान राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण