राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयो : सांसद शर्मा
सारांश
- सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आएको बताए।
- उनले लोकतन्त्र सबै वर्ग, जाति र लिङ्गको समावेशितामा हुनुपर्ने धारणा राखे।
- सांसद शर्माले प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको कार्ययोजनाबारे प्रश्न गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्
समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश थापाले कार्ययोजना प्रस्तुत गरेसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गरे ।
उनले समाज अहिले विचार विहीनताको अवस्था रहेको बताए । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको उनको भनाई थियो ।
सांसद शर्माले भने, ‘लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु हुँदैन । लोकतन्त्र सबै वर्ग, जाती र लिङ्गको समावेशितामा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर त्यसको पक्षमा लडेको र अहिले पनि आवाज उठाइरहेको सन्दर्भमा समावेशी अर्थमा तपाईँको सिफारिस भएको छ । खुसी व्यक्त गर्न चाहन्छु । राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा हेरे पनि एउटा विचलनको अवस्था छ । विचार विहीनताको अवस्था रहेको छ । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ । हाम्रा प्रगतिशील दिशाहरूबाट पछि हट्ने गरी घटनाहरू भइरहेका देखिन्छन् । एउटा सुसूचित समाज निर्माण गर्ने दायित्व सबैसँग छ ।’
सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्ने नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण