न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गयो : सांसद कार्की
सारांश
- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताए ।
- उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई अघि बढाउन योजना सोधे ।
- कार्कीले न्यायालयप्रतिको आस्थामा कमी आएको आशङ्का व्यक्त गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै कार्कीले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरू विचाराधीन रहेको बताएका हुन् ।
उनले ती मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापासँग तपाईँका योजना के छन् भन्दै प्रश्न गर्नुभयो । उनले भने, ‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरू पेण्डिङमा छन् । विचाराधीन छन् । ती मुद्दालाई अघि बढाउन के गर्नुपर्छ ? तपाईँको के सोचाई छ ? सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ । त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशङ्का छ । तपाईंले यी कुरा निरूपण गर्न के भूमिका रहन्छ ?’
समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण