शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

झापामा फर्निचर उद्योगमा आगलागी

सोमबार, १६ असार २०८२, १० : ५६
सोमबार, १६ असार २०८२

सारांश

  • झापाको अर्जुनधारा नगरपालिकामा रहेको फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति भएको छ।
  • विद्युत् चुहावट भई आगलागी हुँदा फर्निचर उद्योगमा रहेका मेसिन र काठपात जलेर नष्ट भए।
  • दमकल, स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइयो, घटनाको अनुसन्धान जारी छ।

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप