क्यानडाले फिर्ता लियो अमेरिकी प्राविधिक कम्पनीलाई डिजिटल सेवा कर लगाउने योजना
सारांश
- क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता लियो।
- यस निर्णयसँगै अमेरिका र क्यानडाबीचको व्यापार वार्ता पुनः सुरु हुने भएको छ।
- दुवै देशले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर ढाँचा बनाउन काम गरिरहेका छन्।
ओट्टावा । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता लिएको छ । योसँगै अमेरिका र क्यानडाबिच व्यापार सम्बन्धी वार्ता फेरि सुरु हुनेछ । प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको क्यानडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि शुक्रवार ट्रम्पले ठुला अमेरिकी प्राविधिक कम्पनीहरूलाई कर लगाउने तयारी गरिरहेका कारण क्यानडाले व्यापार वार्ता रोकेको आरोप लगाएका थिए । यस वर्षको सुरुमा दुई देशबिच व्यापार तनाव बढेको थियो । दुवैले एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए ।
‘धेरै ठुला प्राविधिक कम्पनीहरूले क्यानडामा कमाएको आम्दानीमा कर तिर्दैनन् भन्ने तथ्यलाई ध्यानमा राख्दै डिजिटल सेवा कर प्रस्ताव गरिएको हो । क्यानडाको प्राथमिकता सधैँ एउटा यस्तो अन्तर्राष्ट्रिय सम्झौता रहेको छ, ताकि प्रत्येक देशमा फरक कर संरचनाहरू अन्त्य गर्न सकियोस्’ क्यानडा सरकारको विज्ञप्तिमा भनिएको थियो ।
विज्ञप्तिअनुसार क्यानडाले अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर ढाँचा विकास गर्न काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण