अश्लील फोटो र भिडियो बनाएर बेच्ने एक जना पक्राउ
सारांश
- काठमाडौंमा महिलाको अश्लील भिडियो बनाएर बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सुर्खेतका २९ वर्षीय रमेश थापा रहेका छन्, जो टोखामा बस्दै आएका थिए।
- प्रहरीका अनुसार, उनले रकम लिएर महिला तथा पुरुषलाई अश्लील गतिविधिमा संलग्न गराउँदै भिडियो बनाएर बिक्री गर्थे।
काठमाडौँ । महिलाको अश्लील भिडियो बनाएर बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौँको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको भन्ने सूचना प्राप्त भएको थियो । सोही आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले थापालाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
उनलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा दिन ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण