करेन्ट लागेर एक जनाको मृत्यु
सोमबार, १६ असार २०८२, १६ : ०८
कैलाली । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा सोमबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।
स्थानीय नाथ साउँदका ४१ वर्षीय छोरा बिर बहादुर साउँदको आज बिहान करिब १० बजे भवन निर्माणको क्रममा बिजुलीको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारको लागि बयलपाटा स्थित न्याय हेल्थ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायव निरीक्षक पदमसिंह साउँदको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
अहिले शव न्याय हेल्थ अस्पतालको शव गृहमा राखिएको छ भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल, मंगलसेन ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण