नागार्जुनका निलम्बित मेयर बस्नेतलाई भ्रष्टाचारमा ८ र सम्पत्ति शुद्धीकरणमा ३ वर्ष कैद सजाय *
सारांश
- सम्पत्ति शुद्धीकरण मुद्दामा निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ११ वर्ष कैद सजाय सुनाइयो।
- विशेष अदालतले बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम दोषी ठहर गर्यो।
- न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले फैसला सुनायो।
काठमाडौँ । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ११ वर्षभन्दा बढी कैद सजाय तोकेको छ ।
सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै कैद तथा जरिवाना निर्धारण गरेको हो ।
९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लेनदेन भएको ठहर गर्दै अदालतले घुस लिने बस्नेत, घुस दिने पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका सञ्चालक राजुप्रसाद कँडेललाई दामासाहीले दुई करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना हुने फैसला गरेको छ ।
यस अतिरिक्त बस्नेत र कँडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार ८ वर्ष कैद सजाय हुने फैसला अदालतले सुनाएको छ । नगरपालिका प्रमुखजस्तो ओहोदामा बसेर कसुर गरेको भन्दै भ्रष्टाचार मामिलामै अदालतले निलिम्बत मेयर बस्नेतलाई तीन महिना थप कैद हुने फैसला गरेको छ ।
यस्तै सम्पत्ति शुद्धीकरणमा अदालतले निलम्बित मेयर बस्नेतलाई तीन वर्ष कैद सजायका साथै राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने कानुनी व्यवस्था अनुसार जम्मा ३ वर्ष ३ महिना १८ दिन कैद सजाय हुने फैसला गरेको छ ।
सम्पत्ति शुद्धीकरणमा निलम्बित मेयर बस्नेतविरुद्ध जम्मा दुई करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना हुने फैसला विशेष अदालतले गरेको छ ।
अदालतले निलम्बित मेयर बस्नेतबाट १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धीकरणको कसुर भएको ठहर गरेको छ ।
यस्तै बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक कँडेलसहित प्रतिवादी बनाइएका उनका कम्पनीलाई जनही ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा पीडित राहत संकलन कोषमा भराउने फैसलासमेत अदालतले गरेको छ ।
बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।


यसअघि समाचारमा अन्यथा भएकोमा सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण