बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले के भने ?
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासले आज आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुन जानेछ ।’
नेपाल र चीनले आगामी दिनमा परस्पर विश्वास, मित्रता, समझदारी, सहकार्य र सहयोगका आधारमा शान्ति र समृद्धिका लागि साझा गन्तव्य तय गरी काम गर्ने विश्वास व्यक्त गर्दै उनले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनका लागि आफूहरुले थप पहल गरेको बताए ।
सीमापार रेलमार्गको विकासले नेपाललाई नयाँ युगमा परिणत गर्ने र दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको दोहो¥याउँदै उनले भने, ‘प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउनेछ । यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान गर्नेछ ।’
नेपाल र चीनबीचको बृहत् सम्पर्क सञ्जालले आफूहरुको अर्थतन्त्रको उत्पादन क्षमता र जनताका लागि नयाँ अवसर सिर्जना गर्र्ने विश्वास उनले व्यक्त गरे । प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गरी नेपालले पर्यटन उद्योगमा अझै बढी फाइदा लिन सक्ने र चीनले सेवामूलक क्षेत्रमा लगानीको अवसरसमेत पाउने उनले उल्लेख गरे ।
उनले भने, ‘हामी आपसी सम्बन्धको नयाँ प्रस्थानविन्दुमा उभिएका छौँ । हामीले सबैका लागि सुन्दर भविष्यको जग खडा गरेका छौँ ।’
प्रधानमन्त्री ओलीलाई दूतावासमा नेपाली राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए । समारोहमा त्यहाँस्थित नेपाली समुदायको समेत सहभागिता थियो । प्रधानमन्त्री ओली छदिने औपचारिक भ्रमणमा क्रममा आज बेइजिङ आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण