कुमा सागरको दुबईमा हुने लाइभ कार्यक्रमका लागि दुईथरीका टिकट
सारांश
- गायक कुमा सागरको दुबईमा हुने लाइभ कन्सर्टको टिकट बिक्री अन्तिम चरणमा पुगेको छ।
- कार्यक्रममा गायक कुमा सागर र ख्वप ब्यान्डको प्रस्तुति रहनेछ, जसमा नेपाली संगीत र देशप्रेम झल्कने छ।
- कार्यक्रम जुलाई २० मा अल नासर क्लबमा आयोजना हुनेछ, जसमा साधारण टिकट ५० दिराम तोकिएको छ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको गायक कुमा सागरको लाइभ प्रस्तुतिका लागि टिकट बिक्री अन्तिम चरणमा पुगेको छ । करिब ३ हजार टिकट बिक्री गर्ने लक्ष्य भएकोमा अधिकांश बिक्री भइसकेको कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले रातोपाटीलाई बताए ।
उनले अब सीमित टिकट बाँकी रहेको भन्दै आफ्नो टिकट सुरक्षित गर्न यूएईमा रहेका नेपाली समुदायलाई आग्रह गरे ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष समेत रहेका ठकुरीको संयोजकत्व र अनिल गुरुङको उपसंयोजनमा कुमा सागरको प्रस्तुति हुन लागेको हो ।
कार्यक्रममा नर्मल टिकटका साथै भीआईपीसमेत गरी दुईथरी टिकटको व्यवस्था गरिएको छ । ‘हामीले कार्यक्रम सफल बनाउन सबै तयारी गरिरहेका छौँ यहाँ परिवार भएकाले भीआईपी टिकट लिएर छुट्टै मनोरञ्जन गर्न पाउनुहुन्छ’, उनले भने ।
आगामी जुलाई २० तारिख (साउन ४ गते)का दिन दुबईमा पहिलो पटक गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपाली समुदायको साङ्गीतिक स्वादलाई मध्यनजर गर्दै तेस्रो संस्करणको गोर्खा साँझ अन्तर्गत यो कार्यक्रमको आयोजना गर्न लागिएको ठकुरीको भनाइ छ । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई लाइभ नेपाली संगीतको प्यास मेटाउने अपेक्षा गरिएको छ।
दुबईस्थित अल नासर क्लबमा आयोजना हुने कार्यक्रम दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने छ भने कार्यक्रममा नेपाली साङ्गीतिक रंग, मेलोडी र देशप्रेमको सम्मिश्रण रहने ठकुरीको भनाइ छ।
कार्यक्रमको प्रवेश साधारणतर्फ शुल्क ५० दिराम तोकिएको छ, जहाँ दर्शकहरूले लाइभ साङ्गीतिक अनुभव लिन पाउनेछन्।
गायक कुमार सागर आफ्ना ‘देशप्रेमी’ तथा ‘प्यासनल’ गीतहरूका लागि परिचित छन् भने ख्वप ब्यान्डले पछिल्लो दशकमा नेपालको मौलिकता झल्काउने संगीतमार्फत छुट्टै पहिचान बनाइसकेको छ। दुबईमा उनीहरू दुवै पहिलो पटक एकै मञ्चमा देखिन लागेकोले कार्यक्रम थप रोमाञ्चक हुने विश्वास गरिएको छ।
गोरखा साँझले यसअघि पनि युएईमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। आयोजक ठकुरीले भने, ‘यो केवल कन्सर्ट होइन, हाम्रो पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसर हो ।’
कार्यक्रमको टाइटल स्पोन्सर माउन्ट एभरेस्ट सुपरमार्केट रहेको छ भने अन्य सहयोगी संस्थाहरूले पनि कार्यक्रमलाई भव्य बनाउन साथ दिने क्रम जारी रहेको ठकुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण