डजमार्फत मस्कको कम्पनीहरूमा जाँच गर्ने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले एलन मस्कको अनुदान कटौती गर्न डज प्रयोग गर्ने संकेत गरेपछि विवाद चर्किएको छ।
- मस्कले तुरुन्तै जवाफ दिँदै सबै अनुदान कटौती गर्न आग्रह गरे, ट्रम्पको बजेट योजनाको आलोचना गर्दै।
- विधेयकमा सीमा सुरक्षा, रक्षा र ऊर्जामा खर्च बढाउने र स्वास्थ्य सेवा तथा खाद्य सहायतामा कटौती गर्ने प्रस्ताव छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कको विरुद्धमा उनले नै स्थापना गर्न सहयोग गरेको खर्च कटौती गर्ने एजेन्सी डज (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी) प्रयोग गर्न सकिने सङ्केत गरेका छन्। यसले ट्रम्प र मस्कबिचको सार्वजनिक विवाद अझ चर्किएको देखिन्छ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखे, ‘एलनले सम्भवत: इतिहासमै कुनै पनि मानिसले पाएकोभन्दा बढी अनुदान पाएका छन्। सायद डजले यसबारे राम्ररी जाँच गर्नुपर्छ । यसबाट ठुलो रकम बचत गर्न सकिन्छ !’
मस्कले तुरुन्तै जवाफ फर्काउँदै लेखे, ‘म त सबै अनुदान कटौती गर्नू भन्छु। अहिल्यै।’
मस्कले ट्रम्पको ‘बिग, ब्युटिफुल बिल’ भनेर चिनिएको बजेट योजनाको आलोचना गर्दै आएका छन्। उनले यो योजना आफूले सरकारी खर्च कटौतीका लागि गरेका प्रयासविपरीत भएको बताएका छन्।
गत महिना दुवैबिच पहिलोपटक विवाद सुरु भएको थियो। उनीहरूले सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गरेपछि मस्क केही हदसम्म पछि हटेका थिए।
हाल कङ्ग्रेसमा ट्रम्पको बजेट विधेयकमाथि मतदान भइरहेको छ। रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत भए पनि केही रिपब्लिकन सांसदहरूले डेमोक्र्याटसँग मिलेर विधेयकको विरोध गरेका छन्।
प्रस्तावित विधेयकमा सीमाको सुरक्षा, रक्षा र ऊर्जाको उत्पादनमा खर्च बढाइने बताइएको छ, जसको खर्च स्वास्थ्य सेवा र खाद्य सहायता कार्यक्रमहरूमा कटौती गरेर बेहोर्ने योजना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण