नेतृत्वको बहस रोक्न एमाले महासचिव पोखरेलको निर्देशन
सारांश
- एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय नभएकोले नेतृत्वको बहस रोक्न निर्देशन दिए।
- उनले विधान र विधिका बारेमा बहस गर्नुपर्ने बताए, र भदौ २०-२२ मा विधान महाधिवेशन तय भएको जानकारी दिए।
- पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन विधान महाधिवेशनमा प्रस्तुत हुने बताए, साथै विधान संशोधन प्रस्तावबारे जानकारी दिए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई बुधबार सम्बोधन गर्दै पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।
महासचिव पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने पनि बताए । ‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ’, पोखरेलको भनाइ छ ।
भदौ २०–२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन पनि महासचिव पोखरेलले निर्देशन दिए ।
महासचिव पोखरेलले राजनीतिक र सांगठानिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए ।
‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’ महासचिव पोखरेलको भनाइ छ । बैठकमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी,बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुङ्गेल लगायत सहभागी छन् ।
बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरूले सदस्यता नवीकरण,नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा रिपोर्टिङ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण