बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बीमाको प्रिमियममा एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत महानगरले तिर्ने

बुधबार, १८ असार २०८२, १६ : १४
बुधबार, १८ असार २०८२

ललितपुर : ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । 

ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबिच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरे ।

यसैगरी नगर प्रहरी, महानगरका सरसफाईकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्पै्ररक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो । कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो । 

ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गरेको हो । स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु भएको समेत उनले बताए । कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए ।

कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान गरेको नगर प्रमुख बताए ।पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि समेत महानगरले सहयोग थियो । उनले यस स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए ।

महानगर प्रवक्ता राजु महर्जनले महानगरबासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण निर्णय भएको बताए ।

ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाइमा सँगै भएको बताए । 

राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील देखिएको प्रमाणित भएको बताए । 

उनले भने, ‘ यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीय काम हो ।’ विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताए ।

बीमा कार्यक्रम भुईँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप