सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्ने सपना : उज्बेकिस्तानसँग निर्णायक भिडन्त
सारांश
- एएफसी महिला एसिया कप २०२६ को छनोटमा नेपाल र उज्बेकिस्तानको खेल निर्णायक हुनेछ।
- नेपाल र उज्बेकिस्तान दुवैले दुई खेल जितेर समान अंक बनाएका छन्, शनिबारको खेलले छनोटको टुङ्गो लगाउनेछ।
- खेल जितेमा नेपाल सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ।
काठमाडौँ । एएफसी महिला एसिया कप २०२६ को छनोटमा नेपाल र उज्बेकिस्तानबिचको खेल निर्णायक हुने भएको छ ।
समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ । अब शनिबार दुई टोली बिचको भिडन्तले अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुङ्गो लाग्नेछ । सो खेल बुन्योडकोर स्टेडियममा नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलको विशाल अन्तरले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हात पारेको थियो । उता, आयोजक उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० गोल अन्तर तथा दोस्रो खेलमा लाओसलाई ७–० गोलले पराजित गर्यो ।
२ खेलपछि नेपाल र उज्बेकिस्तानको समान ६–६ अङ्क रहेको छ । दुवै टोलीको गोल अन्तरले पनि समान १७ नै छ । दुवै टोलीले आफ्ना विपक्षीविरुद्ध १७ गोल गर्दै कुनै पनि गोल खाएनन् । समूहमा लाओस र श्रीलंका अङ्कविहीन छन् ।
शनिबार हुने खेल जिते नेपाल सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ । नेपालले सन् १९८६ मा हङकङमा आयोजित प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको थियो । त्यति बेला समूह चरणका सबै खेल हारेर नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
त्यस्तै, सन् १९८९ मा एएफसी वुमन्स च्याम्पियनसिपमा टोलीले भाग लिएको थियो । यस पटक पनि समूह चरणका सबै खेल हार्दै टोली बाहिरिएको थियो ।
त्यसपछि सन् १९९९ मा फिलिपिन्समा आयोजित प्रतियोगितामा नेपाल सहभागी भयो । समूह सीमा रहेको नेपालले ४ खेल खेलेको थियो । यसपटक पनि नेपाल समूह चरणबाट नै बाहिरिएको थियो ।
सो प्रतियोगिताको समूह चरणमा नेपाल र उज्बेकिस्तान आमनेसामने भएका थिए । सो खेलमा नेपाललाई उज्बेकिस्तानले ६–१ को विशाल अन्तरले पराजित गरेको थियो ।
यसअघिका संस्करणमा नेपालले छनोट चरण नखेली प्रतियोगितामा सहभागी भएको थियो । नेपाल पहिलो पटक छनोट चरण पार गरेर प्रतियोगिता खेल्ने दाउमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण