बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
न्यायालय

दिलभूषण पाठक अदालतमा उपस्थित

बिहीबार, १९ असार २०८२, ०९ : ५६
बिहीबार, १९ असार २०८२

सारांश

  • पत्रकार दिलभूषण पाठक साइबर कसूरमा मुद्दा दर्ता भएपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
  • उनको बयानपछि थुनछेक बहस सुरु हुनेछ, जसमा विद्युतीय कारोबार ऐन अन्तर्गत जरिवाना वा कैद सजायको माग गरिएको छ।
  • पाठकले 'हिल्टनमा जयवीर देउवाको पैसा' शीर्षकमा सामग्री प्रकाशन गरेको आरोप लागेको छ, जसले गर्दा उनीविरुद्ध उजुरी परेको थियो।

काठमाडौँ । पत्रकार दिलभूषण पाठक काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनीविरुद्ध गत असार १६ मा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो ।

उनी बिहान ९ बजे अदालत पुगेका हुन् । पाठकको आज बयान हुनेछ भने बायन सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवाको  (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ । निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

यस्तै अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप