डेंगुको सङ्क्रमण बढ्दै, सङ्क्रमितको संख्या १६ सय नाघ्यो
बिहीबार, १९ असार २०८२, १२ : ५९
सारांश
- नेपालमा डेंगी सङ्क्रमितको संख्या १६७३ पुगेको छ, र यो संख्या बढ्दो क्रममा छ।
- पछिल्लो एक हप्तामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २० जनामा डेंगी पुष्टि भएको छ।
- बागमती प्रदेशमा सबैभन्दा बढी र मधेस प्रदेशमा सबैभन्दा कम सङ्क्रमित फेला परेका छन्।
काठमाडौँ । डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुगेको छ । सातै प्रदेशमामा डेंगु सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगुका केस पुष्टि भएको छ ।
गएको सात दिनमा सबैभन्दा धेरै २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, १५ कोसी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपञ्चिममा रहेको छ ।
गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमितको संख्या क्रमशः ४ सय ४ बागमती, ३ सय ५८ गण्डकी, ३ सय ३४ कोसी, २ सय ७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण