दक्षिण कोरियाले गर्यो 'मार्सल ल' सम्बन्धी नियमहरू संशोधन
बिहीबार, १९ असार २०८२, १६ : २८
सारांश
- दक्षिण कोरियाली सांसदहरूले मार्सल ल सम्बन्धी नियम संशोधनको पक्षमा मतदान गरे।
- नयाँ नियमअनुसार, मार्सल ल लागू भए पनि सांसदहरूलाई अब राष्ट्रिय सभामा प्रवेश गर्न रोक लगाउन सकिने छैन।
- संशोधनले सेना र प्रहरीलाई पनि सभामुखको अनुमति बिना राष्ट्रिय सभामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।
सोल । दक्षिण कोरियाली सांसदहरूले मार्सल ल सम्बन्धी नियमहरू संशोधन गर्ने पक्षमा मतदान गरेका छन् । संशोधित नियमअनुसार अब मार्सल ल लागू भएको समयमा पनि सांसदहरूलाई राष्ट्रियसभामा प्रवेश गर्न कसैले रोक्न सक्ने छैन ।
बिहीबार पारित संशोधनले राष्ट्रिय सभामा सेना र प्रहरीको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सभामा प्रवेश गर्न अब उनीहरूलाई सभामुखको अनुमति आवश्यक पर्नेछ । गएको वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक–येओलले केही घण्टाका लागि देशमा मार्सल ल लगाएका थिए ।
यसको विपक्षमा मतदान गर्न सांसदहरूले पर्खाल नाघ्नुपरेको थियो । राजनीतिक समस्या देखाउँदै येओलले २०२४ को डिसेम्बर ३ मा मार्सल ल लागू गरे । यसपछि, सैन्य बलले त्यो रात राष्ट्रियसभालाई घेरे र सांसदहरूलाई संसद् भवनमा छिर्न दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण