सातै महादेशका उच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेलाई सहयोग
सारांश
- रामेछापको लिखु तामाकोसी गाउँपालिकाले सेभेन समिट अभियानमा रहेका प्रकाशराज पाण्डेलाई पर्वतारोहण सामग्री प्रदान गरेको छ।
- गाउँपालिका अध्यक्ष केशव महतले युवा आरोहीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
- पाण्डे आगामी महिना ओसिनिया क्षेत्रको काष्ट्रेन्ज पिरामिड आरोहणका लागि प्रस्थान गर्दैछन्।
काठमाडौँ । विश्वका सातै महादेशका उच्च हिमशिखर आरोहण गर्ने सेभेन समिट अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डेलाई सहयोग प्रदान गरिएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका तिल्पुङका पर्वतारोही पाण्डेलाई सोही गाउँपालिकाले प्रोत्साहन र सहयोगस्वरुप पर्वतारोहणमा प्रयोग हुने विभिन्न सामग्रीहरू प्रदान गरेको हो ।
जसअनुसार उनलाई एडभेन्चर गियरको प्याकेज प्रदान गर्दै अभियानमा सहयोग गरेको गाउँपालिका अध्यक्ष केशव महतले बताए । असार १८ गते गाउँपालिकामा एक कार्यक्रमका बिच पालिका अध्यक्ष महतले हिमाल आरोहण गर्ने साहसिक र चुनौतीपूर्ण काममा सफल युवा आरोही गाउँपालिकामै रहेकाले समग्र देशले गौरव गर्ने व्यक्तिलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी रहेको प्रतिक्रिया दिए ।

पर्वतारोही पाण्डेले आफ्नो स्थानीय सरकारले गरेको सहयोगले समग्र थप ऊर्जा मिलेको बताए । पाण्डे आगामी महिना इण्डोनेशियामा पर्ने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो चुचुरो काष्ट्रेन्ज पिरामिड आरोहणका लागि प्रस्थान गर्दैछन् ।
हालसम्म उनले सगरमाथा सहित निकै चुनौतीपूर्ण रहेको किलर माउन्टेन उपनामले प्रसिद्ध मनास्लु हिमालका साथै युरोप, अफ्रिका र दक्षिण अमेरिका महादेशको सर्वोच्च हिमालहरूको सफल आरोहण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण