आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सिकागोमा नाइटक्लब बाहिर गोली चल्दा चार जनाको मृत्यु, १४ जना घाइते

शुक्रबार, २० असार २०८२, ११ : ३८
शुक्रबार, २० असार २०८२

सारांश

  • शिकागोको एक नाइटक्लब बाहिर गोलीबारी हुँदा चार जनाको मृत्यु भएको छ र अन्य १४ जना घाइते भएका छन्।
  • गाढा रङ्गको कारमा सवार बन्दुकधारीहरूले क्लब नजिकै जथाभाबी गोली चलाएका थिए।
  • घटनास्थलबाट भागेका बन्दुकधारीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

वासिङ्टन डीसी । सिकागोमा एउटा नाइटक्लब बाहिर गोलाबारी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू १४ जना घाइते भएको प्रहरीले बताएको छ । 

बुधबार स्थानीय समय अनुसार राति ११ बजे क्लब नजिकैबाट एउटा गाढा रङ्गको कार गुज्रिएको थियो । सोही कारमा सवार रहेका बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि जथाभाबी गोली चलाएको शिकागो प्रहरीले भनेको छ । 

बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्यूजका अनुसार, र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको थियो । प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको बताएको छ  । 

यस घटनामा अहिलेसम्म कसैलाई पनि हिरासतमा लिएको छैन । गोलीबारीबाट घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगेर उपचार गरिदैँछ । 

यस घटनामा २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गोलीबारीबाट घाइते र मृत्यु भएकाहरूको पहिचान अझै खुलाइएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप