गालीगलौज प्रकरण
सर्लाहीका एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, २० असार २०८२, १६ : ४५
सारांश
- जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, उनले एसपीलाई अपशब्द प्रयोग गरेका थिए।
- यादवविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको हो।
- यादवले एसपी खड्कालाई गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले रातोपाटीलाई बताए । एसपी खड्कालाई यादवले गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यादव जसपाको मधेस प्रदेशका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण