सरकारी मुद्दामा सरकारी वकिलको अनिवार्य प्रतिनिधित्व गराउन महान्यायाधिवक्ता कार्यालयले थाल्यो गृहकार्य
सारांश
- महान्यायाधिवक्ताको कार्यालयले सरकारी मुद्दामा सरकारी वकिलमार्फत प्रतिनिधित्व गराउन गृहकार्य थालेको छ।
- कार्यालयले सरोकारवालाहरूसँग सरकारी वकिलमार्फत प्रतिनिधित्व गराउने विषयमा सुझाव लिएको छ।
- महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक दायित्व भएको र यसलाई कार्यान्वयन गरिने बताए।
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल सरकारको हक, हित तथा सरोकार रहेको मुद्दामा अनिवार्य रूपमा सरकारी वकिलमार्फत प्रतिनिधित्व गर्नुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्न गृहकार्य थालेको छ ।
कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सरकारी र न मध्यस्थता समक्ष पेस हुने मुद्दामा सरकारी वकिलबाट अनिवार्य प्रतिनिधित्व गराउने विषयमा सरोकारवालाहरुसँग सुझाव समेत लिएको छ ।
छलफल कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले सरकारी मुद्दामा सरकारी वकिल अनिवार्य उपस्थित गराउनुपर्ने संवैधानिक दायित्व भएको उल्लेख गर्दै यसबाट बाहिर रहनु संविधान कार्यान्वयनको दृष्टिकोणले उपयुक्त नहुने बताए । उनले सरकारी मुद्दामा सरकारी वकिलको अनिवार्य उपस्थित गराउने सन्दर्भमा वकिलहरुसँगको सम्झौता, आवश्यक तालिम लगायतका कामहरु अगाडि बढाइने समेत उल्लेख गरे ।
उनले भने- ‘संविधानले दिएको दायित्व भएको हुनाले हाम्रो कार्यालय यसबाट बाहिर रहनु चाँही संविधान कार्यान्वयनको हिसावले पनि आवश्यक भइसकेको थियो । त्यही भएको कारण हामीले यसमा जोडिनुपर्ने अवस्था उत्पन्न भएको हो । अहिले प्राप्त भएको सुझावलाई हामी एक ठाउँमा राख्छौँ । महान्यायाधिवक्ता कार्यालयभित्रै यसबारेमा हामी छुट्टै छलफल पनि गर्छौं । हामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको ल रिफर्मको विषयमा पनि रैछ । अर्को कुरा हाम्रो कन्ट्र्याक डकुमेन्टमै समस्या रहेछ । त्यसमा पनि समाधान गर्नुपर्छ । फौजदारी कानूनमा संशोधन गर्दा हामी जसरी आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्न सक्छौं त्यसरी यसमा वे आउट पाउने कुरा तपाईहरुसँग छलफल गरेर पाउने हो । नत्र त्यस्तो थिएन ।’
उनले सरकारी मुद्दामा सरकारी वकिलको अनिवार्य उपस्थित गराउने संवैधानिक व्यवस्थालाई छिट्टै कार्यान्वयन लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण