उज्बेकिस्तानकी प्रशिक्षक भन्छिन्, ‘नेपालको खेललाई पहिले नै विश्लेषण गरिसकेका छौँ’
सारांश
- एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाल र उज्बेकिस्तान भिड्दैछन्।
- खेलको विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ।
- उज्बेकिस्तानकी प्रशिक्षकले नेपालको खेलको विश्लेषण गरिसकेको र जितको रणनीति बनाउने बताएकी छिन्।
काठमाडौँ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम तथा निर्णायक खेलमा नेपाल र उज्बेकिस्तान आमनेसामने हुँदैछन् ।
शनिबार हुने दुई टोलीबिचको खेल यस समूहको विजेता निर्धारण गर्ने निर्णायक भिडन्त हुनेछ। विजेता टोलीले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको लागि स्थान पक्का गर्नेछ ।
यसैबिच उज्बेकिस्तानकी मुख्य प्रशिक्षक कोत्रिना कुलबाइटेले नेपालको खेललाई पहिले नै विश्लेषण गरिसकेको बताएकी छन् । त्यही अनुसार टोलीको जितको रणनीति तयार गरिने उनको भनाई छ ।
प्रशिक्षक कुलबाइटेले भनिन्, ‘हामीले नेपाललाई पहिले नै विश्लेषण गरिसकेका छौँ । उनीहरूको अघिल्ला दुई खेल हेरेका छौँ। लाओसविरुद्धको खेल खेल्दा पनि हामीले केही तयारी गरेका थियौँ । अब श्रीलङ्कासँगको उनीहरूको खेल अध्ययन गरेर अन्तिम रणनीति तय गर्नेछौँ र कसरी जित्ने भन्ने योजना तयार पार्नेछौँ।’
उज्बेकिस्तानले आफ्नो छनोट यात्रा श्रीलङ्कामाथि १०-० को शानदार जितसँगै सुरु गरेको थियो। दोस्रो खेलमा उज्बेक टोलीले लाओसमाथिको ७-० को जित हात पार्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण