अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन
सारांश
- मनसुन सक्रिय भएसँगै परेको वर्षाले गर्दा देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन्।
- अरनिको राजमार्ग, धुलिखेल-दोलालघाट खण्डमा सडक क्षति पुगेर चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ।
- बागलुङ र काभ्रेपलान्चोकमा पहिरो र पुल भाँचिदा यातायातमा समस्या आएको छ, यात्रुले सास्ती भोग्नु परेको छ।
काठमाडौँ । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ । उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने (फिलिङ गर्ने) काम भइरहेको विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ ।
यसैगरी शुक्रबारदेखि बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध हुँदा कक्रहवा (भारत सीमा)–रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडक खण्डमा यातायात ठप्प भएको छ ।
साथै काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला–च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । यसैगरी वर्षातका कारण देशका विभिन्न ६७ स्थानमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् ।
यसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण