काठमाडौँ केन्द्रित निर्णायक आन्दोलनको आन्तरिक तयारीमा सुकुम्वासी सङ्घ
सारांश
- आजपा निकटको सुकुम्बासी सङ्घले खानेपानी, बिजुली र लालपुर्जाको माग गर्दै आन्दोलनको तयारी गरेको छ।
- सङ्घका पदाधिकारीहरूले सुकुम्बासी बस्तीमा पुगेर छलफल गरेर आन्दोलन गर्ने निष्कर्ष निकालेका छन्।
- सरकारले माग पूरा नगरेको भन्दै सङ्घले काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने जनाएको छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घले सुकुम्वासी बस्तीमा खानेपानी, निःशुल्क बिजुली एवं लालपुर्जाको मागसहित आन्दोलनको तयारीमा जुटेको छ ।
सुकुम्वासी सङ्घका पदाधिकारीहरूले काठमाडौँ स्थित विभिन्न सुकुम्वासी बस्तीमा पुगेर अन्तरक्रिया गरेका छन् । सुकुम्वासी बस्तीमा पुगेर त्यहाँको वास्तविक समस्याको पहिचान र समाधानको बारेमा छलफल गर्दै त्यसका लागि अब निर्णायक आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
सुकुम्वासी सङ्घका केन्द्रीय अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर लिम्बु, महासचिव एमडी सतार सहितका टोली बल्खु सहित सुकुम्वासी बस्तीमा पुगेर छलफल गरेका छन् । सुकुम्वासी बस्तीका अमर बर्देवा, गम्भीर मोक्तान, सुनिता परियार लगायतकाले सुकुम्वासी बस्तीमा शुद्धखानेपानी, बिजुली, लालपुर्जा सहितको समस्या समाधानका लागि आन्दोलनको विकल्प नभएको बताएका छन् ।
सरकार आफ्नो दायित्व पुरा गर्नबाट भागेर हिँडेको र सुकुम्वासीहरूको समस्या समाधानका लागि चासो नदिएको गुनासो गर्दै उनीहरुले काठमाडौँमा निर्यायक आन्दोलनको विकल्प नभएको निष्कर्षमा पुगेका छन् ।
खानेपानीका लागि सङ्घले काठमाडौँ खानेपानी उपत्यका प्राधिकरणमा ध्यानाकर्षणपत्र बुझाइसकेको र हालै काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको सङ्घका अध्यक्ष विकले जनाएका छन् ।
संघीय सरकार, काठमाडौँ महानगरपलिकाले समेत आफूहरूको न्यायोचित माग सम्बोधनमा ढिलाइ गरेको बताउँदै सङ्घका अध्यक्ष विकले काठमाडौँ केन्द्रित आन्दोलनलाई निर्णायक बनाउन आफूहरू जुटेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरूको माग सम्बोधनमा ढिलाइ गरेकाले अब आफूहरू काठमाडौँ केन्द्रित निर्या आन्दोलन गर्ने उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण