खानेपानी मन्त्री यादव स्वदेश फिर्ता
सारांश
- खानेपानी मन्त्री प्रदीप यादव संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भाग लिन स्पेन गएर फर्किए।
- मन्त्री यादवले सम्मेलनमा नेपालको खानेपानी र सरसफाइ सम्बन्धी प्रतिबद्धता जनाए।
- मन्त्री यादवसहित मन्त्रालयका सचिवको त्रिभुवन विमानस्थलमा स्वागत गरियो।
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रममा सहभागी हुन मन्त्री यादव असार १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेकी थिइन् । उक्त कार्यक्रममा नेपालको राष्ट्रिय प्रतिबद्धता-सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने- बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।
सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी रहेको थियो ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री यादव तथा सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यलाई मन्त्रालयका निमित्त सचिव एवं सहसचिव ई.मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण