विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति
सारांश
- महिला तथा सामाजिक मामिला समितिले विधेयकमाथि छलफलका लागि विज्ञ नियुक्त गर्ने निर्णय गर्यो।
- समितिले मानव बेचबिखन र बालबालिका सम्बन्धी ऐन संशोधनमा आवश्यक सुझावका लागि विज्ञ खोज्दैछ।
- सांसदहरूले प्रस्तावित विज्ञ मानव बेचबिखन नियन्त्रणबारे जानकार नभएको भन्दै अन्य विज्ञ खोज्न आग्रह गरे।
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ ।
शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने निर्णय गरेको हो । समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत् छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले बताए । त्यसका लागि समितिमा काशीराज दाहाल र माधव पौडेलेको नाम प्रस्तावित समेत भएको छ ।
तर समितिका सांसदहरूले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरू ज्ञाता नभएको भन्दै अन्य विज्ञहरू नियुक्ति गर्नु उचित हुने धारणा राखे । सभापति साहले सांसदहरूसँग विज्ञहरूको नाम भए दिन आग्रह गरे ।
समितिले पारिश्रमिक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानुन झनै राम्रो निर्माण गर्न सकिने सांसदहरूको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण