शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, थुप्रै बालबालिका बेपत्ता

शनिबार, २१ असार २०८२, १३ : ४६
शनिबार, २१ असार २०८२

सारांश

  • टेक्सासमा आएको बाढीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको छ र थुप्रै बालिका बेपत्ता भएका छन्।
  • ग्वाडालुप नदीको पानी एक घण्टाभन्दा कम समयमा २६ फिट बढेपछि मोबाइल घर, सवारी साधन र क्याबिनहरू बगाएका छन्।
  • राष्ट्रपति ट्रम्पले यसलाई 'भयानक' भन्दै ह्वाइट हाउसले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् र खोजी कार्य जारी छ।

टेक्सास । अमेरिकाको टेक्सासमा आएको भीषण बाढीका कारण कम्तिमा २४ जनाको ज्यान गएको छ भने क्रिश्चियन समर क्याम्पबाट हराइरहेका थुप्रै बालिकाहरूको खोजी कार्य रातभरि जारी राखिएको छ।

स्थानीय समय अनुसार जुलाई ४ को छुट्टी मनाउन मानिसहरू भेला भएका बेला भीषण वर्षापछि ग्वाडालुप नदीको पानी एक घण्टाभन्दा कम समयमा २६ फिट (७.९ मिटर) बढेको थियो। यस बाढीले मोबाइल घरहरू, सवारी साधनहरू र छुट्टी मनाउन बनाइएका क्याबिनहरू बगाएको छ।

सान एन्टोनियोबाट १०४ किलोमिटर उत्तर–पश्चिममा रहेको केर्भिल सहर नजिकको क्याम्प मिस्टिकमा ७५० जना बालिकाहरूमध्ये २५ जनासम्म हराइरहेको बताइएको छ। क्याम्प मिस्टिकको वेबसाइटका अनुसार, दोस्रो कक्षा पूरा गरेपछि बालिकाहरू यो क्याम्पमा सहभागी हुन योग्य हुन्छन्।

धेरै काउन्टीहरूमा सडकहरू बगाएको र फोन लाइनहरू अवरुद्ध भएकाले संकटकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस त्रासदीलाई ‘भयानक’ भन्दै ह्वाइट हाउसले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले भने–  ‘४५ मिनेटभित्रमा ग्वाडालुपे नदी २६ फिटसम्म बढेको थियो र यो एक विनाशकारी बाढी थियो ।’ 

उनले अभिभावकहरूलाई यदि उनीहरूसँग सम्पर्क गरिएको छैन भने पनि उनीहरूका बालबालिकाहरू सुरक्षित रहेको जानकारी दिए। प्याट्रिकले थपे, ‘यसको मतलब हराएका बालबालिकाहरू गुमेका छन् भन्ने होइन। उनीहरू सञ्चारको पहुँचबाट बाहिर हुन सक्छन्।’

तस्बिरहरूमा पुलहरूमाथि र सडकहरूमा बाढीको पानी तीव्र गतिमा बगिरहेको देखिएको छ। सबै सुरक्षित रहेको पत्ता नलागेसम्म अधिकारीहरूले हेलिकप्टर, ड्रोन र डुङ्गासहितको खोजी तथा उद्धार कार्य जारी रहने बताएका छन्। क्याम्पले विद्युत, पानी र वाइफाइ नभएको जानकारी दिँदै राजमार्ग बगाएकोले थप सहयोग पाउन गाह्रो भइरहेको बताएको छ।

राज्यमा आएको अचानक आएको बाढीले हिल कन्ट्री र कन्चो भ्याली क्षेत्रहरूमा विपद् घोषणा गर्नुपरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप