०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : अध्यक्ष दाहाल
सारांश
- प्रचण्डले ०८४ लाई क्रान्तिको नयाँ चरणको रूपमा लिएको बताए ।
- उनले महिला, उत्पीडित लगायतका लागि क्रान्तिको झण्डा उठाउँदा सङ्गीतको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
- आगामी निर्वाचनमा गीत, सङ्गीतले निर्णायक भूमिका खेल्ने उनको भनाइ छ ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा प्रवेश गराउने दाबी समेत गरे । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठुलो भूमिका सङ्गीतले खेलेको समेत उनले बताए । उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत र नृत्यहरूले बढी भूमिका खेलेको बताए । आगामी निर्वाचनको लडाइँमा पनि गीत, सङ्गीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने बताए ।
अध्यक्ष दाहालले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईंहरु सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।’
अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गरे । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण