एसियन कप छनोट
पहिलो हाफमा नेपाल १- ३ गोलले पछि, उज्बेक टोली १० खेलाडीमा सीमित
शनिबार, २१ असार २०८२, २२ : ०९
सारांश
- एसियन कप २०२६ छनोटमा नेपाल उज्बेकिस्तानसँग १-३ गोलले पछि परेको छ।
- खेलको सुरुमै नेपालले गोल खाएको थियो भने सावित्रा भण्डारीले एक गोल फर्काइन्।
- उज्बेकिस्तानकी एक खेलाडीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
काठमाडौँ । एसियन कप २०२६ छनोट अन्तरगतको निर्णायक खेलमा पहिलो हाफमा नेपाल उज्बेकिस्तानविरुद्ध १-३ गोलले पछि परेको छ ।
खराब सुरुवात गरेको नेपालले दोस्रो मिनेटमा नै गोल खाएको थियो । खबिबुलाएभा डियोराखोनले उज्बेक टोलीलाई अग्रता दिलाएकी थिइन् । ११ औँ मिनेटमा समीक्षा घिमिरेले आत्मघाती गोल गरिन् ।
खेलको २४ औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काएकी थिइन् । उनले डी बक्स बाहिरबाट गरेको प्रहार उज्बेकिस्तानको गोलकिपरले रोक्न सकिनन् ।
खेलको ३९ औँ मिनेटमा पेनाल्टीमार्फत उज्बेकी टोलीले तेस्रो गोल गर्यो । टोलीका लागि सोयीमोभा माफटुनाले गोल गरिन् ।
पहिलो हाफको इन्जुरी समयमा एर्गासेभा नोजिमाखोनले रातो कार्ड पाएपछि उज्बेकिस्तान १० खेलाडीमा सीमित बनेको छ । उनले सावित्रालाई फल हानेपछि रातो कार्ड पाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण