सीटीईभीटीले स्वास्थ्यबाहेकका डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुलायो
सारांश
- सीटीईभीटीले २०८२/०८३ शैक्षिक सत्रका लागि स्वास्थ्य बाहेकका कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।
- आवेदकले साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ, र एसईई उत्तीर्ण विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
- एउटा आवेदकले एउटा प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउनेछ, र प्रतिस्पर्धा प्रदेश स्तरमा हुनेछ।
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ।
परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई २०८२ साउन ११ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका तथा परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रिडिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
एक आवेदकले कुनै एक प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउने र प्रतिस्पर्धा पनि प्रदेश स्तरमै हुने कार्यालयले जनाएको छ। योग्यता क्रम सूची प्रकाशन तथा भर्ना सिफारिससमेत सोहीअनुसार गरिनेछ।शिक्षालयहरूमा उपलब्ध हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण