नेताहरूको रगतमै भ्रष्टाचार छ : सांसद कार्की
आइतबार, २२ असार २०८२, १६ : ३६
सारांश
- सांसद रोशन कार्कीले नेताहरूको रगतमा भ्रष्टाचार रहेको आरोप लगाएकी छिन्।
- उनले उड्दै नउड्ने जहाज र चल्दै नचल्ने विमानस्थल बनाउने अवस्था रहेको बताइन्।
- कार्कीले भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरू व्याप्त भएको टिप्पणी गरिन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छिन् । आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरू व्याप्त भइसकेको उनले बताइन् ।
समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण