शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा समाचार एजेन्सी रोयटर्सको एक्स खाता ब्लक

आइतबार, २२ असार २०८२, १० : ५९
आइतबार, २२ असार २०८२

सारांश

  • भारतमा रोयटर्सको आधिकारिक एक्स खाता ब्लक गरिएको छ, जुन कानुनी मागका कारण भएको हो।
  • रोयटर्सले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेको छैन।
  • एक्सले देशको आधिकारिक अनुरोधमा सामग्री ब्लक गर्न सकिने बताएको छ।

नयाँ दिल्ली । भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स खाता ब्लक गरिएको छ । कानुनी मागका कारण यसो गरिएको बताइएको छ । तर रोयटर्सले यस सम्बन्धमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । 

रोयटर्स टेक न्युज रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना लगायत रोयटर्स समाचार एजेन्सीका धेरै अन्य खाताहरूले भारतमा अझै पनि सहज रूपमा काम गरिरहेका छन् ।

अमेरिका लगायत कयौँ देशमा यस्ता कानुन छन् जो पोस्ट र एकाउन्टमा पोस्ट गरिएका सामग्रीमा लागू हुन्छन् भनेर एक्सले भनेको छ । ‘हाम्रा सेवाहरू निर्बाध रूपमा प्रदान गर्नको लागि यदि हामीले कुनै देशको आधिकारिक संस्थाबाट वैध र जायज अनुरोध प्राप्त गर्याैं भने निश्चित सामग्री ब्लक गर्न आवश्यक हुनसक्छ,’ एक्सले लेखेको छ ।

अदालतको आदेश प्राप्त भयो भने सामग्री रोक्का गर्न सकिने पनि उसले भनेको छ । यसबाहेक यो कारबाही स्थानीय कानुनको आधारमा गर्न सकिने पनि बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप