सुशीलाको तिज गीत ‘तिज आयो साथी संगी’ सार्वजनिक
आइतबार, २२ असार २०८२, ११ : ३५
सारांश
- सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा 'तीज आयो साथी संगी' बोलको गीत सार्वजनिक भयो।
- गीतको भिडियोमा जुना कार्की र नित्या शर्मा आचार्यको अभिनय रहेको छ।
- गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ।
काठमाडौँ । तिज लक्षित गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीतमा रावल जनकको शब्द र सङ्गीत छ । गीतको एरेन्ज सन्दीप कार्कीले गरेका हुन् ।
गीतको भिडियोमा जुना कार्की र नित्या शर्मा आचार्यको अभिनय छ । भिडियोका निर्देशक केशवराज भट्ट हुन् । अमेरिकाको बोस्टन रहदै आएकी गायिका सुशीला गीत संगीतमा नियमित सक्रिय छिन् । उनले यो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् ।
गीतको भिडियो नेपाल र अमेरिकामा छायाङ्कन भएको छ । गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण