शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न सकेन : साउद

आइतबार, २२ असार २०८२, १३ : २०
आइतबार, २२ असार २०८२

सारांश

  • एनपी साउदले कांग्रेसले वर्तमान राजनीतिक परिदृश्यमा संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताए।
  • उनले पार्टी ०८४ को निर्वाचनका लागि तयार नभएको र गैरकांग्रेस मतहरूसँगको दूरी बढिरहेको बताए।
  • साउदले पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै गुटबन्दी अन्त्य गर्न आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

आइतबार ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता साउदले भने– ‘वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी सङ्गठन कमजोर बन्दै गएको छ ।’

साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताए । उनले भने–  ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ। हेर्दाहेर्दै ०८४ पनि नजिक आइसकेको छ । तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो।’

पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनका नाममा एक पक्षीय कारबाही भएको बताए ।

उनले पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि सङ्गठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्ने बताए । उनले पार्टीलाई समय अनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र सङ्गठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन नेतृत्वलाई आग्रह समेत गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप