ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन : गभर्नर पौडेल
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले ऋण दिँदैमा व्यवसायी सफल नहुने बताए।
- उनले बैंकमा पर्याप्त तरलता भए पनि व्यवसायी र किसानसँग सीपको कमी रहेको बताए।
- गभर्नर पौडेलले देशको विकास वित्तीय नीतिले अघि बढाउने कुरामा जोड दिए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले ऋण दिँदैमा व्यवसायी सफल भएर ननिस्किने बताएका छन् । अर्थ समितिको आइतबारको बैठकमा उनले बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे ।
‘गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै भएको बताए । वित्त नीतिले लिड लिए मात्रै हामीले कदममा कदम मिलाउने हो,’ उनले भने ।
उनले केन्द्रीय बैंकको परम्परागत सिद्धान्त बैंक वित्तीय संस्थाको ब्यालेन्स सिट हर्ने मात्रै भएको भन्दै उनले पछिल्लो १०० वर्षदेखि मात्रै अर्थशास्त्रीय अवस्थामा प्रवेश सुरु गरेको बताए ।
उनले पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर हामीले धेरै एकस्पेरिमेन्ट गरेको भन्दै ऋण दिँदैमा व्यवसायी सफल भएर ननिस्किने बताए । ‘मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन’, उनले भने, ‘ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण