स्विटरल्याण्डका विदेशमन्त्री क्यासिस नेपाल आउँदै
सारांश
- स्विट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो क्यासिस नेपाल भ्रमणमा आउने भएका छन्।
- भ्रमणको क्रममा उनले प्रधानमन्त्री र अन्य सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछन्।
- भ्रमणले नेपाल र स्विट्जरल्याण्डबीचको सम्बन्ध सुदृढ पार्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
काठमाडौँ । स्विटजरल्याण्डका विदेशमन्त्री (विदेश मामिलाका संघीय विभाग प्रमुख) इग्नाजियो क्यासिस नेपाल भ्रमणमा आउन लागेका छन् ।
उनी आइतबार साँझ नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी दुई दिनसम्म नेपालमा रहने र पर्सी जुलाई ८ मा भुटानतर्फ प्रस्ताव गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा अोलीलगायत अन्य सरकारी प्रतिनिधिहरूसँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले स्विट्जरल्याण्डको सहयोग कार्यक्रम, संघीयताको प्रवर्द्धन र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको विषयमा छलफल गर्ने बताइएको छ ।
नेपाल अति कम विकसित देशहरूको समूहबाट सङ्क्रमणको संघारमा रहेको बेला उनको भ्रमणले द्विपक्षीय र आर्थिक सम्बन्धलाई सुदृढ पार्ने अवसर प्रदान गर्ने विश्वास स्विस सरकारले लिएको छ ।
गत फेब्रुअरीमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जेनेभाको भ्रमणमा गएको बेला देउवाले उनलाई नेपाल भ्रमणको निम्तो दिएका दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण