युनुश अन्सारीको मुद्दा हेर्दाहेर्दैमा
सारांश
- भारतीय जाली नोट कारोबारी युनुश अन्सारीको सम्पत्ति शुद्धीकरण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
- अदालतमा बयानपछि थुनछेक बहस नसकिएपछि भोलि सुनुवाइ हुने भएको छ।
- ६ वर्षको कैद सजायपछि छुटेका अन्सारीलाई सीआईबीले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरेको थियो।
काठमाडौँ । भारतीय जाली नोट कारोबारी युनुश अन्सारीको सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा अन्सारीको बयान भएको हो ।
बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि भोलि सुनुवाइ हुनेगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । २०७६ जेठ १० मा ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी ६ वर्षको कैद सजाय भुक्तानपछि गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए ।
छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो । खातामा भएका कारोबार हेर्दा अस्वाभाविक कारोबार देखिएकाले अन्सारीले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण