१५ औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउनुपर्छ : निधि
सारांश
- विमलेन्द्र निधिले कांग्रेसको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए।
- उनले एकताका लागि संवाद गर्नुपर्ने र वैचारिक प्रष्टता आवश्यक रहेको उल्लेख गरे।
- निधिले आगामी चुनावका लागि जनताको विश्वास जित्न वैचारिक एकता महत्त्वपूर्ण हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् । सानेपामा बसिरहेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा नेता निधिले १५ औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउनका लागि संवाद हुनुपर्ने बताए ।
‘१५ औँ महाधिवेशनमा एकता गर्नुपर्छ भन्ने कुराको प्रण मैले गरेको छु । यसबारे प्रकाशमानजीसँग बसेर तीनचोटी छलफल गरेर यसलाई अगाडि बढाएका छौँ । र त्यसपछि बढ्दै जाँदाखेरि ११ जना भयौँ, अहिले फेरि ७ जना भयौँ । बलबहादुरजीको प्रस्ताव लिएर गइरहँदा उहाँलाई भनेको थिएँ, तपाईंसँग १५ औँ महाधिवेशनको लागि कुरा गर्न बाटो खुलेको छ है अब । अब साथीहरूसँग आग्रह आउँछ, ११ जना हुँदा १२ जना हुनुहुन्छ, १३ जना हुनुहुन्छ, १४ जना हुनुहुन्छ । एकताको लागि संवाद गर्नुपर्दछ,’ निधिले बैठकमा भने ।
कांग्रेसमा ८४ को चुनावको लागि आफूलाई तयार गर्न जनतामा भरोसा प्राप्त गर्न वैचारिक एकता महत्त्वपूर्ण रहेको बताए । ‘वैचारिक प्रष्टता हुनुपर्यो र वैचारिक एकता हुनुपर्यो । वैचारिक प्रष्टता नभईकन वैचारिक एकता हुँदैन,’ निधिले भने ।
कांग्रेस विभिन्न किसिमको विचार राख्ने पार्टी भएकाले फरक विचार राख्नेहरूसँग कसरी सहकार्य गर्ने भन्ने निर्क्योल गर्न एकताको आवश्यक रहेको निधिले बताए । एकता प्रक्रियाको थालनी अहिलेबाटै हुनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण