त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न स्ववियुको माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न माग गरेको छ ।
स्ववियु अध्यक्ष दिपकराज जोशीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ’उपकुलपति छनोट तथा सिफारिससम्बन्धी निर्देशिका २०८०’ को पूर्ण पालना गर्दै नियुक्ति गर्न माग गरेको हो ।
उम्मेदवारहरूले स्पष्ट सोचपत्रसहित प्रतिस्पर्धामा भाग लिनुपर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ । विश्वविद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप र स्वेच्छाचारिताप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारका लागि माग गरेको हो । मागहरू सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।
नेपालको ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालयलाई ’राजनीतिक भागबन्डाको अखडा’ बनाउन खोजिएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
विश्वविद्यालयको उपकुलपति नियुक्ति व्यक्तिगत पहुँच, दलगत सिफारिस वा कृपावादको आधारमा नभई योग्यता, कार्यदक्षता र पारदर्शिताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्नेमा जोड दिइएको छ ।
स्ववियुले विश्वविद्यालयको स्वायत्तता, शैक्षिक गरिमा र संस्थागत प्रतिष्ठामा आँच आउन नदिन सम्पूर्ण शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट पूर्णरूपमा स्वतन्त्र राख्नुपर्ने बताएको छ ।
त्यस्तै, विश्वविद्यालयको आगामी यात्रा गुणस्तरीय र सार्वजनिक शिक्षामा केन्द्रित हुनुपर्ने, पाठ्यक्रमलाई रोजगारमुखी बनाउनुपर्ने र समाजको आवश्यकताअनुसार अनुसन्धान गरी युवाहरूको विदेश पलायन रोक्ने वातावरण सिर्जना गर्नुपर्ने माग पनि अघि सारिएको छ। शिक्षकको नियुक्ति र बढुवा प्रक्रिया पनि निष्पक्ष र योग्यतामा आधारित हुनुपर्ने स्ववियुको धारणा छ ।
स्ववियुले उठाएका समग्र शैक्षिक सुधार र विद्यार्थी हकहितका मागहरूलाई बेवास्ता गरिएमा युनियन सशक्त, सङ्गठित र निर्णायक आन्दोलनमा उत्रन बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण