अस्ट्रेलियाद्वारा वेस्ट इन्डिजविरुद्धको टेस्ट शृङ्खला कब्जा
सारांश
- अस्ट्रेलियाले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा हराएर शृङ्खला २-० ले जित्यो।
- घरेलु टोलीले २७७ रनको लक्ष्य पछ्याउँदै ३४.३ ओभरमा १४३ रन मात्र बनायो।
- अस्ट्रेलियाले पहिलो टेस्ट १५९ रनले जितेको थियो, र अब जमैकामा शृङ्खला 'क्लिन स्वीप' गर्ने मौका पाउनेछ।
ग्रेनाडा । ग्रेनाडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि शानदार जित हासिल गर्दै अस्ट्रेलियाले टेस्ट शृङ्खला कब्जा गरेको छ। घरेलु टोलीलाई २७७ रनको कठिन लक्ष्य दिएपछि, पाहुना टोलीले वेस्ट इन्डिजका ब्याट्सम्यानहरूलाई ३४.३ ओभरमा १४३ रनमा सीमित पार्दै २-० को अग्रतासहित शृङ्खला आफ्नो पक्षमा पारेको हो।
बार्बाडोसमा भएको पहिलो टेस्ट तीन दिनभित्रै १५९ रनले जितेर अस्ट्रेलियाले शृङ्खलामा अग्रता लिएको थियो भने ग्रेनाडामा पनि चौथो दिन १३३ रनको जित दर्ता गरेको छ। अब दुई टोलीहरू अर्को हप्ता जमैकामा भेट्दा अस्ट्रेलियाले शृङ्खला 'क्लिन स्वीप' गर्ने मौका पाउनेछ।
चौथो दिनको सुरुवातसँगै वेस्ट इन्डिजका बलर समर जोसेफले ४ विकेट र अल्जारी जोसेफले २ विकेट लिएपछि ४५ मिनेटभित्र अस्ट्रेलियाको पुछारका ब्याट्सम्यानहरूलाई आउट गरेको थियो। तर, बलरहरूलाई निकै सहयोग पुग्ने पिचमा २७७ रनको लक्ष्य पछ्याउनु वेस्ट इन्डिजका लागि सधैँ कठिन काम थियो।
यो कुरा जोन क्याम्पबेल दोस्रो ओभरमा जोस हेजलवुडको बलमा शून्यमा एलबीडब्लु आउट भएपछि प्रमाणित भयो। मिचेल स्टार्कले केसी कार्टीलाई १० रनमा क्याच आउट गराउँदै आफ्ना तीन विकेटमध्ये पहिलो विकेट लिए ।
ओपनर क्रेग ब्रेथवेट पनि ब्यु वेबस्टरको बलमा ७ रनमा क्याच आउट भएपछि वेस्ट इन्डिज २९-३ को नाजुक स्थितिमा पुग्यो। त्यसपछि प्याट कमिन्सले ब्रान्डन किंगलाई १४ रनमा आउट गरेपछि घरेलु टोली लन्चसम्म चार विकेट गुमाएको थियो।
साही होप (३४ रन) र कप्तान रोस्टन चेज (१७ रन) ले दिउँसोको सत्रमा केही प्रतिरोध देखाए, तर दुवै क्रमशः हेजलवुड र स्टार्कको शिकार भए। स्टार्कले जस्टिन ग्रेभ्सलाई २ रनमा आउट गरे ।
त्यसपछि समर जोसेफ (२४ रन) र अल्जारी जोसेफ (१३ रन) ले छोटो समयका लागि केही आक्रामक प्रदर्शन गरे पनि नाथन लियोनको स्पिनले त्यसलाई समाप्त पार्यो । उनीहरूले यस क्रममा पाँच छक्का प्रहार गरेका थिए ।
लियोनले त्यसपछि जेडन सिल्सलाई आउट गर्दै जित सुनिश्चित गरे र ३-४२ को प्रदर्शनका साथ खेल समाप्त गरे। यसले उनलाई ५६२ टेस्ट विकेटमा पुर्यएको छ । अब उनी ग्लेन म्याकग्राको ५६३ विकेटभन्दा मात्र एक विकेटले पछि छन् । उनी अस्ट्रेलियाका सबै समयका टेस्ट विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा छन्। दिवंगत, महान् शेन वार्न ७०८ टेस्ट विकेटका साथ शीर्ष स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण