चिकित्सक संघको आन्दोलन: मकवानपुरमा आकस्मिकबाहेकका सेवा ठप्प
सारांश
- उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक संघको आन्दोलनका कारण मकवानपुरका स्वास्थ्य सेवा प्रभावित भए।
- नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरको नेतृत्वमा जिल्लाका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरियो।
- चिकित्सक संघले स्वास्थ्यकर्मीको पेसागत सुरक्षाको माग गर्दै आन्दोलन गरेको हो।
हेटौँडा । उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध नेपाल चिकित्सक संघको आन्दोलनको असर मकवानपुरमा पनि परेको छ ।
देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न संघले गरेको आह्वानका कारण मकवापनुरका स्वास्थ्य संस्थाहरूमा पनि यसको असर परेको हो ।
केन्द्रीय कार्यक्रमलाई समर्थन गर्दै नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरको नेतृत्वमा जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा दिइएन । मकवानपुरको हेटौँडा अस्पताल लगायत अन्य निजी अस्पतालहरूले पनि आज आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् ।
चिकित्सकहरुको बन्दका कारण सेवाग्राहरु भने समस्यामा परेका छन् ।
संघले चिकित्सकमाथि लापरबाहीको आरोपसहित ठुलो मात्रामा क्षतिपूर्ति तिर्नुपर्ने अदालती निर्णयलाई स्वास्थ्यकर्मीको पेसागत सुरक्षाविरुद्धको कदम भन्दै आन्दोलन चर्काएको हो । पछिल्लो समय ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पतालविरुद्ध अदालतले चिकित्सकहरूलाई दोषी ठहर गर्दै करोडौँ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेपछि स्वास्थ्य क्षेत्र तरङ्गित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण