बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यो नतिजाले पछिसम्म पिरोलिरहनेछ : सावित्रा भण्डारी

सोमबार, २३ असार २०८२, १२ : ३२
सोमबार, २३ असार २०८२

सारांश

  • सावित्रा भण्डारीले एसियन कपमा छनोट हुन नसकेकोमा दुःख व्यक्त गरिन्।
  • नेपाली टोली उज्बेकिस्तानसँग ट्राइब्रेकरमा पराजित हुँदै छनोट हुनबाट चुक्यो।
  • भण्डारीले टोलीको 'फाइटिङ स्पिरिट'को प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया आएको बताइन्।

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले एसियन कपमा छनोट हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन् । उज्बेकिस्तानविरुद्ध छनोट चरणको अन्तिम खेलमा बेहोरेको हारले खेलाडीका रूपमा आफूलाई पछिसम्म पनि पिरोली रहने बताएकी हुन् ।
नेपाली टोली उज्बेकिस्तानसँग ट्राइब्रेकरमा पराजित हुँदै सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुनबाट चुकेको थियो । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भण्डारीले टोलीलाई सुरुमा मौसमसँग अभ्यस्त हुन समस्या भएको पनि सुनाइन् । उनले भनिन्, ‘पहिलो, दोस्रो र तेस्रो खेलसम्म आइपुग्दा त्यसलाई सुधार गर्‍यौँ ।’

भण्डारीका अनुसार प्रशिक्षकले दिएको जिम्मेवारी र रणनीतिलाई टोलीले पालना गरेको बताइन् । आक्रामक फुटबल खेलेर नै अन्तिम खेलमा पछि पर्दा पनि कम्ब्याक गर्न सफल भएको उनको भनाई थियो । ‘दुर्भाग्यवश हामी पेनाल्टीमा चुक्न पुग्यौँ । ५०–५० चान्समा हामी चुक्यौँ,’ उनले थपिन् ।

उनले भनिन्-  ‘सुरुको १० मिनेट सम्हालिन सकेनौँ । त्यसपछि पनि कोचिङ स्टाफबाट सकारात्मक सन्देश रिले गरिदिनुभयो । पोजेटिभ इनर्जी देखाइदिनुभयो । इनर्जी बुस्ट भएको थियो । चेन्जिङि रूपमा कोचले जहिले पनि ‘ह्वाइ नट’ भन्दै हामी सक्छौँ भन्नुहुन्थ्यो । हामीलाई मोटिभेट गर्दै कम्ब्याक गर्न सक्छौँ भन्ने सन्देश दिनुभयो । खेलाडीमा पनि त्यही देखियो । बलियो टोलीसँग फाइट गर्नु भनेको ठुलो कुरा हो ।’

समग्रमा हेर्दा यो प्रतियोगिताले खेलाडी र फुटबल समर्थकहरूलाई सकारात्मक सन्देश दिएको उनको भनाई छ । उनले नेपाली टोलीको ‘फाइटिङ स्पिरिट’ देखेर सकारात्मक प्रतिक्रिया आइरहेको बताइन् । उनले भनिन्, ‘‘खेलाडीका लागि यो ठुलो प्रतियोगिता थियो । यो अवसरलाई हामीले सही तरिकाले क्याच गरेका हौ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप