दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए।
- एसीसी यू-१६ इस्ट जोन कप जितेकोमा नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिले स्वागत गरे।
- उनले खेलकुदको विकासले देशको इज्जत र खेलाडीको कीर्तिमान बढ्ने कुरा व्यक्त गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा एसीसी पुरुष यू-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको रहेको बताएका हुन् ।
परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्न सक्ने जिकिर गरे । देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियोगिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हामी सानोमा बाख्रा चराउन जाँदा किर खेल्थिम । किरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम् । त्यसकै आज विकसित रूप क्रिकेट हो । हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन् ।’
एसीसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आइतबार साँझ स्वदेश फर्किएको हो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण