भक्तपुरमा चम्किँदै मिड भ्याली कलेज, अन्तर्राष्ट्रिय स्तरको शिक्षा (भिडियोसहित)
सारांश
- मिड भ्याली सेकेण्डरी स्कूल/कलेज एसईईपछिको शिक्षाका लागि एक आकर्षक गन्तव्यको रूपमा स्थापित भएको छ।
- कलेजले विद्यार्थीको शैक्षिक नतिजासँगै मनोवैज्ञानिक र सामाजिक विकासमा जोड दिन्छ।
- विद्यार्थीहरूलाई छात्रवृत्ति र डिजिटल कक्षाकोठाको सुविधाका साथै देशमै बस्न प्रोत्साहन गरिन्छ।
भक्तपुर । एसईईपछि गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छान्नु विद्यार्थीहरूका लागि ठुलो चुनौतीको विषय बन्ने गरेको छ । काठमाडौँ उपत्यकाभित्रकै विभिन्न पालिकाका विद्यार्थीहरू केही वर्ष अघिसम्म भित्री सहरमा मात्र राम्रा कलेज हुन्छन् भन्ने ठान्दथे । तर भक्तपुरको सूर्यविनायक नगरपालिका–४, नयाँ ठिमीमा अवस्थित मिड भ्याली सेकेण्डरी स्कूल/कलेज पछिल्लो समय एसईईपछिको शिक्षाका लागि एक आकर्षक र पूर्ण शैक्षिक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।
परम्परागत पठनपाठनभन्दा माथि उठेर विद्यार्थीको शैक्षिक, मनोवैज्ञानिक र व्यक्तिगत विकासलाई एकसाथ अघि बढाउने लक्ष्यका साथ गत वर्षदेखि सञ्चालित यस सेकेण्डरी स्कूल/कलेजले छोटो समयमै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ ।
स्थानीय विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षाका लागि टाढा धाउन नपरोस् भन्ने उद्देश्य राखेको सो शैक्षिक संस्थाका व्यवस्थापन टिमको जिकिर छ । स्कुलका साइन्स प्रोग्राम कोअर्डिनेटर प्रमोद पाण्डेले स्थानीय क्षेत्रका बच्चाहरूले राम्रो इन्स्टिच्युसनमा पढ्न पाउन् भन्ने उद्देश्यले स्थापना गरिएको बताए । उनीहरूलाई ११–१२ पढ्नकै लागि टाढा जानु नपरोस् भनेर सुविधासम्पन्न र आधुनिक पूर्वाधार तयार गरिएको उनको भनाइ छ ।
स्कूलमा विज्ञान, व्यवस्थापन र कानुन सङ्कायमा पठनपाठन हुँदै आएको छ । यहाँका कक्षाकोठा पूर्ण डिजिटल र प्रविधिमैत्री छन्, जसले विद्यार्थीलाई बुझ्न र सिक्न सहज बनाएको छ । ‘हामीले बच्चाहरूलाई सकभर बुझ्न सजिलो होस् भनेर शिक्षण सिकाइलाई नै डिजिटलाइज्ड फर्ममा रूपान्तरण गरेका छौँ,’ पाण्डेले भने ।
एकदम राम्रो भौतिक पूर्वाधारको विकास गरिएको स्कुलमा विद्यार्थीहरूलाई बस्न र पढ्नका लागि राम्रो व्यवस्थापन गरिएको छ । विद्यार्थीहरूले हप्तैपिच्छे प्राक्टिकल गर्न पाउने गरेका छन् । त्यसका लागि कम्प्युटर ल्याब, साइन्स (फिजिक्स, बायोलोजी र क्यामेस्ट्री ) ल्याब छन् ।
‘अहिले संसार जुन गति र दिशामा गइरहेको छ, त्यसकै आधारमा हामीले बच्चाहरूलाई सकभर बुझ्न सजिलो होस् भनेर प्रविधिमा विशेष ध्यान दिएका छौँ,’ पाण्डेले भने ।
विद्यार्थीको मनोविज्ञान र करियर विकासमा जोड
मिड भ्यालीको सबैभन्दा सबल पक्ष भनेको विद्यार्थीको शैक्षिक नतिजासँगै उनीहरूको मनोवैज्ञानिक र सामाजिक विकासमा दिइएको विशेष ध्यान हो । कलेजका निर्देशक तथा मनोविज्ञ रकी महर्जनका अनुसार विद्यार्थीको सर्वाङ्गीण विकास नै कलेजको मुख्य लक्ष्य हो । ‘हामी विद्यार्थीको साइको–सोसियल डेभलपमेन्ट र पर्सनालिटी डेभलपमेन्टमा केन्द्रित छौँ । टिन एजमा आउने मनोवैज्ञानिक, सामाजिक र भावनात्मक समस्यालाई बुझेर उनीहरूलाई एक असल र सक्षम नागरिक बनाउन हामी मनोवैज्ञानिक अप्रोच प्रयोग गर्छौं’, महर्जनले भने ।
स्कुलले विद्यार्थी भर्ना हुनेबित्तिकै उनीहरूको सिकाइ शैली परीक्षण गरी सोहीअनुसार पढाउने रणनीति अपनाएको छ । साथै, अभिभावकका लागि ‘प्यारेन्टिङ स्किल्स’ तालिम, विद्यार्थीका लागि तनाव व्यवस्थापन, अध्ययन बानी र करियर काउन्सिलिङ जस्ता कार्यक्रमहरू नियमित सञ्चालन भइरहेको पाण्डेको भनाइ छ ।
अतिरिक्त क्रियाकलाप र भविष्यको तयारी
मिड भ्यालीले विद्यार्थीको चौतर्फी विकासका लागि सह–पाठ्यक्रम र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको छ । विज्ञान तथा आईटी प्रदर्शनी, विभिन्न खेलकुद प्रतियोगिताहरू, वक्तृत्वकला, ओलम्पियाडजस्ता कार्यक्रमहरूले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सघाउ पुर्याएको छ ।
‘पाठ्यक्रमभन्दा बाहिरको कुरामा सकभरसम्म पाठ्यक्रमलाई नै सपोर्ट हुने खालको कार्यक्रमहरू सञ्चालन गर्छौं । जस्तैः पावरपोइन्ट प्रेजेन्टेसनहरू, स्पिचहरू, म्याथ ओलम्पियाड, फिजिक्स ओलम्पियाड राखेर फिजिक्सको, म्याथको पनि डेभलपमेन्ट, क्रिएटिभिटी बढाउने काम गरिरहेका छौँ । एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा स्पोट्र्सलाई नै फोकस गरेका छौँ,’ पाण्डेले भने ।
विज्ञान पढ्ने विद्यार्थीहरूलाई कक्षा ११ बाटै प्रि–इन्जिनियरिङ र प्रि–मेडिकल कक्षा सञ्चालन गरी भविष्यको प्रतिस्पर्धात्मक परीक्षाका लागि तयार पारिन्छ । कक्षा १२ मा त प्रवेश परीक्षाकै ढाँचामा अतिरिक्त परीक्षा लिइने हुँदा विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने गरेको साइन्स कोअर्डिनेटर पाण्डेको भनाइ छ ।
अंग्रेजी भाषा अध्ययनलाई पनि विशेष महत्त्व दिइएको छ । निर्देशक तथा अंग्रेजी विभाग कोर्डिनेटर निलम कुमार ठगुन्नाले आधारभूत व्याकरण र लेखन सिपलाई सँगसँगै विकास गराउने पद्धति अपनाइएको बताए । जसले विद्यार्थीको अभिव्यक्ति क्षमतालाई बलियो बनाउने ठगुन्नाको भनाइ छ ।
कलेजमा विज्ञान संकायमा अध्ययनरत कक्षा १२ की छात्रा प्रभा ठगुन्नाले विज्ञान जस्तो गाह्रो विषयसमेत सजिलो र रोचक तरिकाले पढाउने गरेको बताइन् ।
‘यहाँका शिक्षकहरू १२–१३ वर्षभन्दा बढी अनुभव भएको, एकदमै दक्ष हुनुहुन्छ । उहाँहरूले प्रविधिको प्रयोग गरेर पढाउँदा विज्ञानजस्तो गाह्रो विषय पनि सजिलो र रोचक लाग्छ,’ ठगुन्नाले भनिन् ।
विद्यार्थीहरूले हरेक हप्ता नियमित रूपमा प्रयोगात्मक अभ्यास गर्न पाउँछन्, जसले उनीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउन मद्दत गरेको छ ।
पढ्न आउने सबैलाई छात्रवृत्तिः
मिड भ्यालीमा पढ्न आउने सबै विद्यार्थीले छात्रवृत्ति पाउँछन् । कोही पनि विद्यार्थीहरू शुल्कको कारण तथा आर्थिक अभावका कारण पढ्नबाट वञ्चित नहुने पाण्डेको भनाइ छ । मिड भ्यालीले एकदमै न्यूनतम शुल्कमा विद्यार्थीहरूलाई पढाउने गरेको छ ।
‘हाम्रो जुन लेभलको कलेज छ, त्योभन्दा हाम्रो शुल्क एकदमै कम छ । त्यसमाथि हामी कहाँ पढ्न आउने सबै विद्यार्थीलाई स्कलरसिप दिएका छौँ,’ पाण्डेले भने, ‘चाहे त्यो लो जीपीए आओस्, चाहे त्यो हाइएस्ट जीपीए आओस्, सबैलाई स्कलरसिप छ । र जीपीएको आधारमा र इन्ट्रान्सको स्कोरको आधारमा भने त्यो त फरक छ ।’
स्कुलले देशलाई माया गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ । प्लस टु सक्नेबिक्तिकै विद्यार्थीहरू विदेश जाने गरेका छन् । तर, मिड भ्यालीले देशलाई माया गर्नुपर्छ भन्ने मान्यता राखेको छ ।
‘देशलाई माया गर्नुपर्छ, देशमै बस्नुपर्छ भन्ने हाम्रो मोटो नै हो । बच्चाहरूलाई बाहिर पठाउने एजेन्सीहरू छन्, उनीहरूसँग हामीसँग कुनै पनि सम्बन्ध छैन । हामीले हाम्रो बच्चालाई यहीँ पढ्नुपर्छ भन्छौँ,’ पाण्डेले भने, ‘मैले पनि बच्चाहरूलाई सकभरसम्म आफ्नै देशमा गर्नुपर्छ भनिरहेको छु । हामी सबैजना जति पनि हाम्रो टिम छ, हाम्रो टिमको मोटो नै त्यही हो कि हामीले यहीँ गर्नुपर्छ ।’
बच्चाहरूलाई अहिलेसम्म बाहिर जानुपर्छ भनेर काउन्सिलिङ नगरेको उनको भनाइ छ । ‘हाम्रो त्यो संस्कार, हाम्रो कलेजमा त्यो कल्चर पनि छैन कि बच्चा बाहिर जानुपर्छ,’ पाण्डेले भने ‘यहीँ छ भविष्य, बाहिर गइहाल्नु छ अथवा बाहिर पढ्न कतै स्कलरसिप पाएर जानु छ भने बाहिर गएर पनि पढाइ सकेर यहीँ फर्केर काम गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण