नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गराैँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्वर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।
पार्टीको केन्द्रीय पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा सोमबार आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा उनले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार हुनुपर्नेमा जोड दिए ।
“हामीले विश्वलाई भन्न सक्नुपर्छ, बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ । साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ती चढेर गैँडा हेर्दा वास्तविक आनन्द थाहा हुन्छ, त्यसकारण नेपाल भ्रमण गरौँ ।”
उनले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरण बनाउन सरोकार भएका पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले धर्ममा विश्वास गर्ने नगर्नु मानिसको स्वतन्त्र अधिकार भए पनि भगवान् राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिमा भएकाजस्ता ग्रन्थमा उल्लेखित कुरालाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचारप्रसार गर्न डर मान्नुपर्ने स्पष्ट गरे ।
“रामको पवित्र जन्मभूमि नेपाल हो भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा कोही रिसाउँछ जस्तो गर्छाैं भने हामीले के गरी खान्छौँ ?”, प्रधानमन्त्री ओलीले भने,“विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन् । राम–लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीका हुन् । यी कुरा मैले भनेको होइन, ग्रन्थहरूमै उल्लेख छन् । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनुपर्दैन ।”
ज्ञान, उर्वर भूमि, विद्वान पूर्खा र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले विश्वमा काम गर्ने जाति भनेर चिनिएको देशका नागरिकले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरखमा विश्वास गरी काममा लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण