व्यवसायी सिद्धिबहादुर राय ठगी आरोपमा पक्राउ
सारांश
- प्रहरीले सर्लाहीका व्यवसायी सिद्धिबहादुर राय क्षेत्रीलाई काठमाडौँबाट पक्राउ गरेको छ।
- रायलाई आपराधिक विश्वासघात र ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
- उनीमाथि उज्वलराज कँडेललाई ठगी गरेको आरोप लागेको छ, र उनीविरुद्ध जाहेरी परेको थियो।
काठमाडौँ । सर्लाहीमा व्यवसाय गर्ने सिद्धिबहादुर राय क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ घर भएका ४३ वर्षीय रायलाई काठमाडौँको फर्पिङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
‘बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालि’ का सञ्चालक रायले सर्लाहीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीविरुद्ध जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट आपराधिक विश्वासघात तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
सोमबार सर्लाहीबाट काठमाडौँ आउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । आरोपीले उज्वलराज कँडेललाई ‘ठगी र आपराधिक विश्वासघात’ गरेको आरोप छ ।
कँडेलले रायसहित चितवनको भरतपुर महानगरपालिका–२ घर भएर काठमाडौँ ४२ वर्षीय पारसराज कँडेललगायतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । उनको जाहेरीको आधारमा अदालतले उनीहरुविरुद्ध पुर्जी जारी गरेको थियो ।
अर्जुन रायमाझी भनेर चिनिने सिद्धिबहादुरलाई गोली प्रहार गर्न भनेर सुपारी दिएको घटनामा सर्लाही प्रहरीले २०७८ मा अनुसन्धान गरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण