‘तिब्बत क्षेत्रबाट एक्कासि बाढी आयो, जल मापन केन्द्र नै बगायो’
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान रसुवाको भोटेकोशी नदीमा तिब्बतबाट बाढी आयो।
- रसुवागढी नाकाबाट जलविद्युत आयोजनाको जलमापन केन्द्रमा जल सतह ३.५ मिटरले बढेको देखियो।
- स्याप्रेबेसी स्वचालित केन्द्रमा बाढीले क्षति पुर्याएपछि तथ्याङ्क संकलन बन्द भयो, हिमताल फुटेको अनुमान छ।
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार बिहान ३ बजे आसपास रसुवास्थित भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी आएको जनाएको छ ।
रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित रहेको जलविद्युत आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिएको महाशाखाले सार्वजनिक गरेका प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको विभागको स्याप्रेबेसी स्वचालित केन्द्रमा बिहान ३ः३० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार उक्त मापन केन्द्र नै बाढीले बगाएका कारण तथ्याङ्क सम्प्रेषण बन्द भएको हो ।
महाशाखाले प्रारम्भिक अध्ययनअनुसार हिमताल फुटेर एकाएक बाढी आएको हुनसक्ने आकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण