नेपालको भुक्तानी सन्तुलन ४९१ अर्ब नाफामा, एकै महिना ५३ अर्बले बढ्यो
सारांश
- चालु आर्थिक वर्षको ११ महिनामा नेपालको भुक्तानी सन्तुलन ४९१ अर्ब ४४ करोड नाफामा पुगेको छ।
- अघिल्लो वर्ष ४२४ अर्ब ७० करोड नाफा रहेकोमा यो वर्ष करिब ५३ अर्ब रुपैयाँले बढेको छ।
- समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ९ करोड भित्रिएको छ।
काठमाडौँ । नेपालको भुक्तानी सन्तुलन ४९१ अर्ब ४४ करोड नाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट बाहिरिने कुल विदेशी मुद्राभन्दा नेपाल भित्रिने कुल मुद्राको सो बराबर बढी देखिएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो नाफा ४२४ अर्ब ७० करोड रहेको थियो भने अघिल्लो महिना ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा थियो । एकै महिना यस्तो बचत करिब ५३ अर्ब रुपैयाँले बढेको छ ।
यो अवधिमा ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २०० अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण