एमालेले भन्यो– प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसद्को अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक
सारांश
- एमालेले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्ने आरोपको खण्डन गरेको छ।
- रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणबाट केही व्यक्ति नफर्किएको आरोप लगाएकी थिइन्।
- एमाले प्रमुख सचेतक महेश बर्तौलाले आरोपलाई निराधार भन्दै रेकर्डबाट हटाउन माग गरे।
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीसँग स्पेन भ्रमणका गएकाहरू नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै गएका केहि व्यक्तिहरू नफर्किएको बताएका थिए ।
त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।
उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिए । बैठकमा सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरूले आपत्ति जनाएका थिए ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसँग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले दिनुपर्ने बताए । त्यस्तै उनले सरकारको दबाबमा संसद्को कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण