अपराध
ललितपुरबाट १ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ भारतीय पक्राउ
मङ्गलबार, २४ असार २०८२, १६ : ३४
सारांश
- ललितपुरको सानेपाबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ भारतीय नागरिक पक्राउ परेका छन्।
- उनीहरूले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोप छ।
- पक्राउ परेका व्यक्तिहरूले राजतीर्थ ट्रेडर्सको आवरणमा हुण्डी कारोबारसमेत गरेको पाइएको छ।
काठमाडौँ । ललितपुरको सानेपाबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनमा भारतीय नागरिक पक्राउ परेका छन् ।
१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिपिन कुमार लाई पक्राउ रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए ।
उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीकाे समेत कारोबार गरेको पाइएको ब्युरोका सूचना अधिकारी युजराज खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण